×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पछिल्लो २४ घण्टामा कस्तो छ विश्वमा कोरोना भाइरसको अवस्था ? कहाँ-कहाँ कति संक्रमित थपिए ? (विवरणसहित)

LAXMI SUNRISE BANK

पछिल्लो २४ घण्टामा कस्तो छ विश्वमा कोरोना भाइरसको अवस्था ? कहाँ-कहाँ कति संक्रमित थपिए ? (विवरणसहित)

९ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अर्घाखाँची
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं। विश्वमा कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गइरहेको छ ।  कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ५६ लाख ५४ हजार ६४९ पुगेको छ भने मृत्यु हुनेको संख्या पनि ६ लाख ३६ हजार ४७९ पुगेको छ । साथै, हालसम्म ९५ लाख ३५ हजार भन्दाधेरै उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ८० हजार भन्दा धेरै संक्रमित थपिएका छन् ।
अमेरिकामा मात्रै ६९ हजार भन्दा धेरै नयाँ संक्रमित भेटिएसंगै संक्रमित हुनेको संख्या ४१ लाख ६९ हजार ९९१ पुगेको छ । त्यहाँ हालसम्म १ लाख ४७ हजार ३३३ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म २२ लाख ८९ हजार ९५१ जना संक्रमित हुँदा ८४ हजार २०७ जनाको मृत्यु भएको छ । 
भारतमा हालसम्म १२ लाख ८८ हजार १३० संक्रमित हुँदा ३० हजार ६४५ जनाको मृत्यु भएको छ । चिलीमा ३ लाख ३८ हजार ७५९ संक्रमित हुँदा ८ हजार ८३८ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ३ लाख १७ हजार २४६ पुगेको छ भने २८ हजार ४२९ जनाको मृत्यु भएको छ ।
बेलायतमा हालसम्म ४५ हजार ५५४ जनाको मृत्यु भएको छ भने २ लाख ९७ हजार १४६ जना संक्रमित रहेका छन् । इटालीमा संक्रमितको संख्या २ लाख ४५ हजार ३३८ पुग्दा ३५ हजार ९२ जनाको मृत्यु भएको छ । टर्कीमा २ लाख २३ हजार ३१५ संक्रमित हुँदा ५ हजार ५६३ को ज्यान गएको छ । 
चीनमा पछिल्लो २४ घण्टामा २१ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८३ हजार ७५० जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा २७ हजार २९ जना संक्रमित हुँदा ९९० जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १८ हजार २४१ जना संक्रमति फेला पर्दा १२ हजार ८४० जना उपचारपछि निको भएर घर फर्किएका छन् । ४३ जनाको भने मृत्यु भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी