
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ४९ हजार बढी कोरोना संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४९ हजार ३१० नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ लाख ८७ हजार ९४५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ७४० जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसको कारण ३० हजार ६०१ जनाको मृत्यु भएको छ ।
भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका तीन लाख ४७ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने तामिलनाडुमा एक लाख ९२ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् । दिल्लीमा अहिलेसम्म एक लाख २७ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । अहिलेसम्म भारतमा आठ लाख १७ हजार २०९ कोरोना संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्