×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्रोत नखुलेको १६ लाखसहित भेरी अस्पतालका कम्प्युटर अपरेटर पक्राउ, थप अनुसन्धान हुँदै

GLOBAL IME BANK

स्रोत नखुलेको १६ लाखसहित भेरी अस्पतालका कम्प्युटर अपरेटर पक्राउ, थप अनुसन्धान हुँदै

९ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पताल नेपालगञ्जका कम्प्युटर अपरेटर अरुणराज खनाललाई स्रोत नखुलेको १६ लाख १३ हजार नौ सय ७५ रुपैयाँसहित पक्राउ गरेको छ । आयोगको सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले खनाललाई अस्पतालबाटै पक्राउ गरेको हो । कम्प्युटर अपरेटर भए पनि खनाल लामो समयदेखि अस्पतालको स्टोरकीपरको रुपमा काम गर्दै आएका थिए ।
रकमको स्रोत नखुलेको भन्दै विभिन्न पक्षसँग कमिसनबापत बुझेको रकम हुन सक्ने भन्दै अनुसन्धान थालिएको आयोगको सम्पर्क कार्यालयका प्रमुख गणेश गैरेले जानकारी दिनुभयो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: