×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ प्रणालीमा थुप्रियो १ खर्ब ९१ अर्ब लगानीयोग्य रकम, रिभर्स रिपोमार्फत २० अर्ब तान्दै नेपाल राष्ट्र बैंक !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बैंकिङ प्रणालीमा थुप्रियो १ खर्ब ९१ अर्ब लगानीयोग्य रकम, रिभर्स रिपोमार्फत २० अर्ब तान्दै नेपाल राष्ट्र बैंक !

Artha Sarokar

८ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति कस्तो आउनुपर्छ ?  तपाई पनि दिनुहोस् यस्तो सुझाव !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बैंकिङ क्षेत्र अधिक तरलता भएपछी नेपाल राष्ट्र बैंकले रिभर्स रिपोमार्फत  २० अर्ब रुपैयाँ तान्ने भएको छ । बिहिबार एक सुचना जारी गर्दै राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेको छ । जसबाट २० अर्ब रुपैयाँ राष्ट्र बैंकको ढुकुटीमा तान्न लागेको हो ।

अहिलेको अवस्थामा बैकिङ प्रणालीमा १ खर्ब ९१ अर्ब रुपैयाँ हाराहारीमा तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ । लकडाउनका अवधिमा कर्जा प्रवाह न्यून हुँदा लगानीयोग्य रकम बढ्दै गएको छ । तरलता सन्तुलन राख्न बिहीबार २० अर्ब रुपैयाँको तरलता प्रशोचन गर्ने अवस्थामा केन्द्रीय बैंक पुगेको हो । राष्ट्र बैंकले जारी गरेको ७ दिने अवधिको रिभर्स रिपो साउन १५ गते परिपक्व हुनेछ ।

रिपो खरिदका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्नेछ । राष्ट्र बैंकले जारी गर्ने रिभर्स रिपो लिन गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरुले आज बिहीबार दिउँसो २ बजेसम्म अनलाइन बिडिङ मार्फत आवेदन गर्न सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी