×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चौतारा साँगाचोकगढी नगरपालिकाबासीलाई करमा राहत, नगरपालिकाद्वारा मालपोत कर छुट गर्ने निर्णय !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

चौतारा साँगाचोकगढी नगरपालिकाबासीलाई करमा राहत, नगरपालिकाद्वारा मालपोत कर छुट गर्ने निर्णय !

Artha Sarokar

८ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सिन्दुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को मालपोत कर छुट गर्ने निर्णय गरेको छ । कोरोना भाइरसका कारण नगरपालिकाबसी मारमा परेको भन्दै नगरपालिकाले कर छुट गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले गरेको कर छुटका लागि यसअघिको कर तिरेको हुनुपर्ने नगर प्रमुख अमानसिं तामाङले बताए । व्यवसाय, सम्पत्ति र घर अभिलेखीकरणसम्बन्धी कर असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा बुझाएमा विलम्ब शुल्क नलाग्ने भएको छ । 
घर अभिलेखीकरणसम्बन्धी कर सो समयमा नबुझाए पुससम्म दोब्बर लाग्नेसमेत निर्णय गरिएको छ । पुसपछि घर अभिलेखीकरणबन्द हुनेसमेत जनाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी