Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय परीक्षा बोर्डले भन्यो – ‘कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी भइरहेको छ’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी थालिएको छ । लकडाउन अन्त्य भएपछि सरकारले १ भदौदेखि परीक्षा सञ्चालन अनुमति दिएसँगै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको तयारी अगाडि बढाएको छ ।
बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने योजना रहेको र सोही अनुसार मन्त्रालयसँग अनुमति मागिएको जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिएपछि परीक्षाको तयारीलाई तीव्रता दिने बोर्डले जनाएको छ ।
गत चैत ११ गतेदेखि लकडाउन गरिएपछि सबै किसिमका परीक्षाहरु स्थगित गरिएको थियो । सरकारले मंगलबार मध्यरातिदेखि लकडाउनको अन्त्य भएको घोषणा गरेको थियो । सोही अनुसार सरकारले भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न अनुमति दिएको  छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK