- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । काठमाडौँमा पछिल्लो २४ घण्टा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँमा थप तीन जनामा कोरोना पुष्टी भएको बताए ।
उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा दुई जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा एक जनामा कोरोना पुष्टी भएको हो।