×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लामो दूरीका यातायात भदौ १ देखि खुलाउने सरकारको निर्णय !

LAXMI SUNRISE BANK

लामो दूरीका यातायात भदौ १ देखि खुलाउने सरकारको निर्णय !

७ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । लामो दूरीका यातायात भदौ १ देखि खुल्ने भएका छन् । सरकारले लकडाउनको अन्त्य भएको भएको घोषणा गरेसंगै अधिकांश सेवा सञ्चालन गर्ने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान र लामो दूरीको यातायात सेवासमेत भदौ १ देखि सञ्चालन गर्ने निर्णय गरेको हो ।
सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको मापदण्डबमोजिम हुने गरी आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक तथा अन्य उडान भदौ १ देखि सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्डअनुसार हुने गरी छोटो, मध्यम तथा लामो दूरीमा जिल्लाभित्र र अन्तर जिल्लामा सञ्चालन हुने गरी निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसमेत भदौ १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले बताए ।
मन्त्री खतिवडाले अन्तर्राष्ट्रिय खेलकूदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेलसमेत भदौ १ देखि नै सञ्चालन गर्न सकिनेछ ।  सामूहिक भोज पार्टी, सेमिनार, वा अन्य सामूहिक भेलाबाहेक होटल, रेष्टुरेन्ट तथा ट्रेकिङ, ट्राभल र पर्वतारोहणका गतिविधि पनि साउन १५ देखि सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी