Skip to content
LAXMI SUNRISE BANK

इन्धनको मूल्य घटेपछि काठमाडौँका अधिकांश पेट्रोल पम्प बन्द, टाँसे ‘पेट्रोल छैन’को बोर्ड (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँका अधिकांश निजी पेट्रोल पम्प बन्द देखिएका छन् । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २० रुपैयाँले घटाएपछि काठमाडौँ उपत्यकाका अधिकांश निजी पेट्रोल पम्प बन्द देखिएका हुन् । 

मूल्य घटेसँगै पुरानो मौज्दातबाट हुने घाटा देखाउँदै धेरै निजी पम्पले बिक्री बन्द गरेका हुन् । 

निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको नयाँ मूल्य निर्धारण गरेको थियो । बन्द रहेका पम्पका कारण केही स्थानमा इन्धन भर्न पुगेका सर्वसाधारण भने फर्किन बाध्य भएका छन् । 

निगमले पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २० रुपैयाँले घटाएको छ । त्यस्तै, निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १०० रुपैयाँले घटाएको छ । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK