
- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढी उपमहानगरपालिकाले कुहिएको चामल प्रकरणमा मुछिएका कर्मचारीलाई पुरस्कृत गरेको छ । उपमहानगरपालिकाले गत असारमा बसेको नगरसभाको बैठकबाट निर्णय गर्दै कुहिएको चामल खरिद प्रकरणमा संलग्न भएर विवादमा तानिएका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद सापकोटा सहितका कर्मचारीलाई पुरस्कृत गरेको हो ।
वर्षभरी उत्कृष्ट काम गरेको भन्दै उप–महानगरपालिका प्रशासन प्रमुख नारायणप्रसाद शर्मा र वरिष्ठ लेखा अधिकृत डिल्लीराज ओझालाई समेत पुरस्कृत गरेको हो । नगरपालिकाले गरेको मूल्याङ्कनमा वर्षभरी सवोत्कृष्ट काम गरेको भन्दै कुहिएको चामल प्रकरणमा विवादित बनेको उनिहरुलाई एक महिनाको तलब बराबरको प्रोत्साहन भत्ता दिदै पुरस्कृत गरिएको उप–महानगरपालिकाले जनाएको छ ।
कोरोना भाइरसका कारण देशैभरी गरिउको लकडाउनबाट प्रभावित भएकाहरुलाई राहत स्वरुप वितरण गरेको चामल खरिद प्रक्रियामा संलग्नता पाइएको थियो । गरिब, निमुखा तथा समस्यामा परेकाहरुका लागि वितरण गरिएको राहतको चामल कुहिएको पाइएपछि उक्त कार्यको चौतर्फि विरोध भएको थियो । स्थानियको विरोध र छानविनमा कुहिएको चामल वितरण गरेको खुलासा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिद प्रक्रियामै मिलोमतोको आशंकामा उक्त प्रकरणको अनुसन्धान गरिरहेको छ ।
चामल प्रकरणमा मिलेमतो भएको हुनसक्ने आशंकामा गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा कैफियत देखिएपछि अख्तियारले विस्तृत अनुसन्धान थालेको छ । अख्तियारले दोषी ठहर गरेमा खरिद प्रक्रियामा संलग्न कर्मचारी समेत कारवाहीको दायरामा आउने भएपनि उप–महानगरपालिकाले उनीहरुलाई पुरस्कृत गरेको हो । उप–महानगरपालिकाले त्यसअघि भएको कार्यपालिका बैठकमा चामल खरिद प्रक्रियामा संलग्न कर्मचारीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । तर उनीहरुलाई अहिलेसम्म स्पष्टिकरण समेत सोधिएको छैन ।
यता धनगढी उप–महानगरपालिकाले वर्षभरी उत्कृष्ट काम गरेको भन्दै अन्य ६ जना कर्मचारीलाई पनि पुरस्कृत गरेको छ । यसरी पुरस्कृत हुनेमा आलेप अधिकृत लेखनाथ ओझा, इन्जिनीयर द्धिजराज भट्ट, कृषि शाखा प्रमुख लोकराज उपाध्याय, ओभरसियर निर्मल देउवा, आईटी अफिसर सुएस चन्द र कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका प्रमुख लक्ष्मीराज जोशी रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्