Skip to content
LAXMI SUNRISE BANK

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डका ८ बुँदे प्रतिबद्धताः बेच्नमार्क इन्डेक्स बनाइने, कस्ता छन् अरु योजना ?

अर्थ सरोकार

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सेयर बजार सुधारका ८ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । सेयर लगानीकर्ता तिलक कोइरालासहितको टोलीसँग गरिएको वार्तापछि बोर्डले ८ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको हो । 

सार्वजनिक प्रतिबद्धतामार्फत बोर्डले बेन्चमार्क इन्डेक्सको विकास गर्ने जनाएको छ । हालको नेप्से इन्डेक्सलाई अल इक्विटी इन्डेक्सको रुपमा कायम राख्दै बोर्डले बजारमा कारोबार योग्य सेयर अर्थात फ्री फ्लोट सेयरको आधारमा नयाँ बेन्चमार्क इन्डेक्स विकास गर्ने जनाएको छ । 

बोर्डले सामाजिक सञ्जालमार्फत सेयर बजारलाई प्राभावित पार्नेहरुमाथि कडा निगरानी गर्ने पनि जनाएको छ । त्यसबाहेक बोर्डले पूँजी बजारलाई विश्वसनीय, पारदर्शी र प्रतिस्पर्धी बनाउन विभिन्न योजनाहरु तत्काल कार्यन्वयन गर्ने पनि जनाएको छ । 

त्यस्तै, बोर्डले लगानीकर्ताको सुरक्षालाई समेत उच्च प्राथमिकतामा राखेको छ । अर्कोतर्फ आईपीओ निष्कासन अगाडि सामाजिक सञ्जालको प्रयोग गरेर सर्वसाधारणबाट पूँजी संकलन गर्ने संगठित संस्थाहरुको प्रवृत्तिलाई पनि नियमनको दायरामा ल्याइने व्यवस्था मिलाउने बोर्डले जनाएको छ । यस्ता छन् बोर्डका अन्य प्रतिबद्धताः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK