×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउन ८ पछि विद्यार्थी भर्ना गर्न दिने तयारी, तत्काल विद्यालय भने नखोल्ने

LAXMI SUNRISE BANK

साउन ८ पछि विद्यार्थी भर्ना गर्न दिने तयारी, तत्काल विद्यालय भने नखोल्ने

६ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले साउन ८ पछि विद्यार्थी भर्ना गर्न दिने तयारी गरेको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले तत्काल विद्यालयहरु नखोल्ने तर अभिलेखिकरणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । ‘अहिले स्कुल खुल्दैन तर अभिमुखीकरण सुरु गर्ने भनेका छौं’ शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने ।
साउन ८ गतेबाट १५ गतेसम्म सामुदायिक विद्यालयका शिक्षकहरुलाई विद्यालय पुग्नु पर्नेछ । तर कतिपय विद्यालयहरुमा क्वारिन्टन समेत भएको हुँदा त्यसका लागि व्यवस्थापनको तयारी गर्ने निर्णय समेत बैठकले गरेको जनाइएको छ । बैठकले भदौ १ गतेदेखि हवाई उडान समेत खोल्ने निर्णय गरेको छ भने एक जिल्लाबाट अर्को जिल्लामा छोटो दूरीका बस चलाउन दिने निर्णय समेत गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी