Skip to content
LAXMI SUNRISE BANK

सप्तकोशी डेभलपमेन्ट बैंकमा बदमासीको हद: भल्टको पैसा अपचलन, ग्राहकको खातामा कर्मचारीको अनधिकृत पहूँच !

अर्थ सरोकार

काठमाडौँ । सप्तकोशी डेभलपमेन्ट बैंकका कर्मचारीले ग्राहकको खातामा अनधिकृत पहूँच पुर्याएको खुलासा भएको छ । राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षणका क्रममा उक्त तथ्यको खुलासा भएको हो ।

बैंकको २०८२ असोज मसान्तको अपरिस्कृत वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षणका क्रममा बैंकका कर्मचारीले ग्राहकको खातामा अनधिकृत पहूँच पुर्याएको भेटिएको थियो ।

त्यस्तै, बैंकको भल्टमा रहेको नगदमा समेत अपचलन भएको तथ्यसमेत राष्ट्र बैंकले फेला पारेको छ । यस्तो गम्भीर तथ्य बाहिरिँदासमेत बैंकले छानबिन गरी दोषीमाथि कारबाही नगरेको उल्लेख गर्दै राष्ट्र बैंकले बैंकको आन्तरिक नियन्त्रण प्रणालीमा गम्भीर कमजोरी भएकोसमेत निष्कर्ष निकालेको छ ।

बैंकले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली/आन्तरिक जाँचमा भएको कमजोरी यकिन गरी संस्थाको नीति तथा कार्यविधिमा आवश्यक संशोधन गरी पर्याप्त सुधार गर्न नसकेको भन्दै ‘राष्ट्र बैंक ऐन, २०५८’को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिनेश कुमार पोखरेल र बैंकको सञ्चालक समितिका अध्यक्ष र सदस्यलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

 

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK