काठमाडौँ । नेपाल वित्तीय संस्था कर्मचारी संघले रश्मी मृत्यु प्रकरणमा निष्पक्ष छानविनको माग गरेको छ । एक विज्ञप्ति जारी गर्दै संघले सानिमा क्यापिटलकी कम्प्लाइन्स अफिसर रश्मी रिजालको मृत्यु प्रकरणबारे निष्पक्ष छानविन गर्न माग गरेको हो ।
घटनाको प्रारम्भिक विवरण सार्वजनिक भए पनि वास्तविक कारण, कार्यस्थलको वातावरण, संस्थागत व्यवहार र सम्बन्धित पक्षको भूमिकाबारे तथ्य अझै सार्वजनिक नभएकाले अनुमानका आधारमा घटनाको निष्कर्ष निकाल्नु उपयुक्त नहुने संघका कार्यवाहक अध्यक्ष परशुराम खनाल र महासचिव विकास श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, उक्त घटनामा परिवारले उठाएका प्रश्न, कम्पनी व्यववस्थापनको भूमिकाबारे देखिएका जिज्ञासा र अनुसन्धान प्रक्रियाप्रतिको सार्वजनिक चासोले घटनालाई थप गम्भीर बनाएको विज्ञप्तिमा भनिएको छ ।
संघले उक्त घटनामा निष्पक्ष, स्वतन्त्र, पारदर्शी, वैज्ञानिक तथा प्रमाणमा आधारित छानबिन गरी यथाशीघ्र सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ । त्यस्तै, अनुसन्धानबाट कुनै व्यक्ति वा संस्थागत तहबाट मानसिक उत्पीडन, दुर्व्यवहार, लापरवाही वा कानून विपरीत कार्य भएको पुष्टि भएमा दोषीमाथि कडा कारबाही गर्न पनि संघले माग गरेको छ । यस्तो छ संघले जारी गरेको विज्ञप्तिः


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्