Skip to content
LAXMI SUNRISE BANK

सहकारीको ऋण असुलीमा कठोर बन्दै सरकार, असुलीबाटै शिव शिखरका १४ सय बचतकर्ताको रकम फिर्ता !

अर्थ सरोकार

काठमाडौँ । समस्याग्रस्त शिव शिखर सहकारीका बचतकर्ताको रकम फिर्ता गरिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीका साना बचतकर्ताको रकम फिर्ता गरेको जनाएको हो । 

समितिका अनुसार सहकारीका थप ५६ जनालाई बचत फिर्ता गरिएको छ । हालसम्म शिव शिखर सहकारीका करिब १४ सय बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । 

बचत फिर्ताको पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । समितिका अनुसार यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिनेछ । 

यता सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।

समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK