काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयर बजारमा शर्ट सेलिङ र मार्जिन लेण्डिङ सुरु गर्ने तयारी गरेको छ । पहिलो पटक ‘कन्सल्टेन्सी पेपर’ सार्वजनिक गर्दै बोर्डले यस्तो जानकारी दिएको हो ।
यस्तो जानकारी दिँदै बोर्डले पूँजी बजारमा धितोपत्र वित्तीय सेवा भित्र्याउने सम्बन्धमा विस्तृत अवधारणापत्र (कन्सल्टेशन पेपर) सार्वजनिक गरेको छ ।
उक्त कन्सल्टेशन पेपर मार्जिन लेण्डिङ, सेक्युरिटी लेण्डिङ एण्ड बरोइङ (धितोपत्र उधारो तथा सापटी) र शर्ट सेलिङ सञ्चालन व्यवस्थाका लागि तथा सरोकारवाला पक्षको राय/सुझाव लिनका लागि सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।
त्यस्तै, सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा उल्लेखित इन्ट्राडे ट्रेडिङ, शर्ट सेलिङ र डेरिभेटिभ जस्ता उपकरणहरु चरणबद्ध रुपमा सुरु गर्ने घोषणालाई कार्यान्वयन गर्न उक्त कदम चालिएको बोर्डको भनाई छ ।

मार्जिन कारोबार, धितोपत्र सापटी र शर्ट सेलिङजस्ता सेवाले सेयर बजारलाई थप गहिरो, प्रतिस्पर्धी र दक्ष बनाउने बोर्डले विश्वास व्यक्त गरेको छ । यी उपकरण नेपालको पूँजी बजारलाई अन्तराष्ट्रिय स्तरको बनाउन र लगानीकर्ताको सहभागिता विस्तार गर्न कोसेढुङ्गा साबित हुने पनि बोर्डले विश्वास गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्