×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिँचाइका सव-इन्जिनियर गजेन्द्रप्रसाद जैसवाल ८० हजार घुससहित पक्राउ

LAXMI SUNRISE BANK

सिँचाइका सव-इन्जिनियर गजेन्द्रप्रसाद जैसवाल ८० हजार घुससहित पक्राउ

५ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बाराका सव-इन्जिनियर गजेन्द्रप्रसाद जैसवाललाई ८० हजार घुससहित पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले जैसवाललाई नदी तटबन्धको लागि जाली लगाउने कार्यको भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग ८० हजार घुस अभियोगमा पक्राउ गरेको हो । ।
सव-इन्जिनियर जैसवालले घुस मागेको सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । घुस रकम लिएर आफूसँगै रहेका चन्दन जैसवाललाई दिई भाग्न खोज्दा दुवै जनालाई कलैया नगरपालिका–४ बाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको कोइरालाले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी