×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्व बैंकद्वारा नेपालमा रोजगार सेवा विस्तारको कार्यक्रम सुरु, १४ अर्ब रुपैयाँ बराबरको सहयोग

LAXMI SUNRISE BANK

विश्व बैंकद्वारा नेपालमा रोजगार सेवा विस्तारको कार्यक्रम सुरु, १४ अर्ब रुपैयाँ बराबरको सहयोग

५ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्व बैंकको सहयोगमा नेपालमा रोजगार सेवा विस्तारको कार्यक्रम संचालन सुरु भएको छ । यसका लागि विश्व बैंकले करीव १४ अर्ब रुपैयाँ बराबर सहयोग गरेको छ । ‘युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना’ नाम दिइएको यो कार्यक्रम प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आवद्ध हुने भएको छ । आन्तरिक रोजगारी प्रवर्द्धन गर्न विश्व बैंकको ऋण सहयोगमा आर्थिक रुपमा बिपन्न बेरोजगार युवालाई रोजगारीको अवसर सिर्जना, सीप तथा क्षमता अभिवृद्धि र रोजगारमूलक सेवाको विस्तारमार्फत श्रम बजारको परिणाममा सुधार ल्याउने लक्ष्य आयोजनाले लिएको विश्व बैंकले जानकारी दिएको छ ।
‘युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना’ को श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक श्री फारिस हदाद जर्भोसले सोमबार शुभारम्भ गरे । प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आवद्ध गरी आगामी चार बर्षसम्म सञ्चालन हुने यस आयोजनाको कुल रकम १२० मिलियन अमेरिकी डलर (करिब १४ अर्ब रूपैयाँ बराबर) रहेको विश्व बैंकले उल्लेख गरेको छ ।
बेरोजगार युवालाई रोजगारी प्रदान गरिने लक्ष्य रहेको छ । आयोजनाले सामाजिक समावेशीकरणलाई प्राथमिकता दिए अनुरुप कूल लाभग्राही मध्ये ६० प्रतिशत महिला लाभान्वित हुनेछन् । स्थानीय तहका ७५३ रोजगार सेवा केन्द्र सुदृढिकरण तथा जनशक्ति थप, आवेदन दर्ता तथा सूचीकरण, प्रोफाइल निर्माण, सिफारिस, अल्पकालीन रोजगार तथा कार्यस्थलमा आधारित तालिम लगायतका क्रियाकलाप सञ्चालन गरी संस्थागत र कार्यक्रमगत सुधारमा आयोजनाले सघाउनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी