
- अर्थ सरोकार सम्बाददाता
वीरगंज । पर्सा र बारामा एकै दिन ५० जनामा कोरोना संक्रमण भेटिएको छ । पर्सामा ४ र बारामा ४६ गरी कुल ५० जनामा कोरोना संक्रमण भेटिएको हो । पर्सामा भेटिएका ४ जना होटल कुमु प्यालसको पेड क्वारेन्टाइनमा बसेका पुरुषहरु रहेको र उनीहरु भारतबाट आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले बताए ।
बाराको देवताल गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ४६ जनामा कोरोना पुष्टि भएको उनले बताएका छन् । नारायणी अस्पतालको ल्याबमा आइतवार परीक्षण भएको नमुनामा एकै दिन ५० जनामा कोरोना पुष्टि भएको हो । बाराको देवतालमा भेटिएका ४६ जनामध्ये १० जना महिला र ३६ जना पुरुष रहेको बताइएको छ । कोरोना पुष्टि भएका सबैलाई पर्सा र बारामा तोकिएको आइसोलेसनमा उपचार भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्