काठमाडौँ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक ९.०४ अंकले घटेर २६४१.०५ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३५२ कम्पनीको १ करोड ९ लाख ६६ हजार ७४५ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब ६७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सोलु हाइड्रोपावरको भएको छ । यस कम्पनीको ४६ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यता, रिलायबल सम्वृद्धि योजना २ का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्