×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘हायर मी नेपाल’को साइट सञ्चालनमा, नि:शुल्क रजिष्टर गर्न सकिने !

LAXMI SUNRISE BANK

‘हायर मी नेपाल’को साइट सञ्चालनमा, नि:शुल्क रजिष्टर गर्न सकिने !

४ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेस प्रा.लि.ले रोजगारमूलक ‘हायर मी नेपाल’ को साइट संचालनमा ल्याएको छ । प्रा.लि. ले उक्त साइट साउन १ गतेबाट संचालनमा ल्याएको हो । रोजगारदातालाई चाहिएको जनशक्ती पाउन महंगो विज्ञापन गर्नुपर्ने, परीक्षा, अन्तरवार्ता र छनोटको लामो प्रक्रिया संचालन गर्नुपर्ने तथा सिप र क्षमता भएका रोजगारी चाहनेलाई उपयुक्त ठाँउमा पुग्न नसकेकाहरुलाई मध्येनजर गर्दै सो साइट संचालनमा ल्याइएको हो।  
समयमा चाहेको रोजगारी नपाउदा विदेश पलायन हुनुपर्ने वाध्यता छ । अर्कोतिर रोजगारदाताले चाहेको उम्मेदवार नपाएको अवस्था छ । यही समस्या समाधान र सरकारको श्रम सूचना बैंकलाई सघाउने उद्देश्यले हायर मी नेपाल अनलाईन पोर्टल सञ्चालनमा ल्याइएको कम्पनीका अध्यक्ष रमेशकुमार भट्टराईले बताए । देश र विदेशमा रहेको श्रमिक कामदारले वेब साइट वा मोबाइल एप्सको माध्यमले आफ्नो सम्पुर्ण विवरण भर्ने र रोजगारदातालाई सोही पोर्टलबाट आवश्यक कामदार सजिलै पाउने गरी रोजगारदाता र रोजगार चाहनेलाई सजिलै भेट गराउने कार्यक्रम राखिएको छ ।
हायर मी नेपाल परियोजनाले एक वर्षमा पाँच लाख र दुई वर्षमा दश लाख श्रमिक र कामदारको अद्यावधिक रेकर्ड राखी पचास हजारलाई रोजगारी दिलाउने कार्यक्रम रहेको अध्यक्ष भट्टराईले बताए ।रोजगारदाता र रोजगारी चाहने बीच काममा लगाउने सहमति भइसकेपछि निजहरूलाई आवश्यक पर्ने तालिम पनि न्यून लागतमा उपलब्ध गराउने गरी कार्यक्रम निर्धारण गरिसकिएको कम्पनीले विज्ञप्ति मार्फत जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी