Skip to content
LAXMI SUNRISE BANK

नाइमा मोबिलिटी एक्स्पो : अध्यक्ष बैधले रिवन काट्नै सकिनन्, ज्योतिषहरु भन्छन्- ‘शुभ संकेत होइन’

अर्थ सरोकार

काठमाडौँ । नाइमा मोबिलीटी एक्स्पो साउन २६ गते सुरु भएको छ । बाजागाजासहित शुभारम्भ ठिकै भव्य देखिन्थ्यो । स्टेजमा रिबन काट्न बसेकाहरु उत्साहित देखिन्थे । काउण्ट डाउन सुरु भयो, र स्टेजमा रहेका विशिष्ट पाहुनाहरुले रिबन काटे । तर, नाइमा अध्यक्ष ऋतु सिंह बिद्याले काट्न खोजेको रिबन नै काटिएन । जति कैँची चलाउँदा पनि रिबन नकाटिएपछि उनले सो रिबन नै छोडिदिईन् र ताली पड्काउन थालिन् । त्यसपछि बाजा बज्न थाल्यो । ज्योतिषशास्त्रका अध्येयताहरुले यस्तो घटना अशुभ मान्ने गरेका छन् ।

शुभ मुहुर्तका बेला बत्ति निभ्नु, रिबन नकाटिनु लगायतका कामलाई काम सफल नहुने रुपमा हेरिन्छ । यसै पनि नाइमाको मोबिलीटी एक्स्पोको पहिलो सिजन सुपर फ्लप भएको थियो । यसपटक पनि शो फ्लप हुने संकेत पहिलो दिनको उपस्थितिबाटै देखिएको छ । फोटो खिच्ने पत्रकार, रिपोर्टिङ गर्ने रिपोर्टर, स्टलहरु राख्ने कम्पनीका प्रतिनिधि र तिनैले पास दिएर वा तिनैले टिकट काटिदिएका बाहेक आफैँ टिकट काटेर शो हेर्ने निकै कम देखिएका थिए । पहिलो दिनको माहोल हेर्दा शो फ्लप हुने संकेत प्रष्ट देखिएको छ । यहि बेला शुभारम्भका बेला ‘अशुभ’ मानिने संकेत देखिएपछि यसलाई ज्योतिषहरुले इभेन्ट असफल हुने संकेतका रुपमा लिएका छन् ।

यता नाइमाको सचिवालयले भने एक देखि डेढ लाखले एक्स्पो हेरे भनेर प्रेस रिलिज लगभग तयार गरिसकेको छ । अन्तिममा आघिल्लो सालजस्तै मिडियामा भ्रम छर्ने तयारी नाइमाले गरिसकेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK