
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । हालसम्म नेपालका ८ जिल्ला कोरोना संक्रमणमुक्त बनेका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ८ जिल्ला कोरोना संक्रमणमुक्त बनेको बताएका हुन् । कोरोना संक्रमणमुक्त हुने जिल्लामा भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला छन् । यी जिल्लामा कोरोनाका नयाँ बिरामी फेला परेका छैनन् ।
यस्तै आजसम्म संक्रमण निको भएर घर फर्किनेको संख्या ११ हजार ६९५ पुगेको छ । प्रवक्ता गौतमका अनुसार आइतबारसम्म संक्रमणमुक्त हुनेको संख्या ११ हजार ६९५ अर्थात ६६.२४ प्रतिशत पुगेको जानकारी दिए आज ५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यसैगरी आज मात्रै १५६ जनामा संक्रमण पुष्टी भएको छ ।
जसअनुसार काठमाडौंका १ र ललितपुरका २ गरी थप १५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल १७ हजार ६५८ संख्या पुगेको छ भने हालसम्म ६६।२४ प्रतिशत निको भएसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ९६३ जना रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्