×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वभर कोरोनाबाट ६ लाखभन्दा बढीको ज्यान गयो, संक्रमितको संख्या पनि दिनदिनै बढ्दै !

LAXMI SUNRISE BANK

विश्वभर कोरोनाबाट ६ लाखभन्दा बढीको ज्यान गयो, संक्रमितको संख्या पनि दिनदिनै बढ्दै !

४ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । विश्वभर कोरोना भाइरसका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या छ लाख नाघेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार आइतबारसम्म विश्वभरी कुल मृतकको सङ्ख्या छ लाख ५२३ पुगेको छ । त्यसैगरी विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या एक करोड ४२ लाख ३३ हजार ३५५ रहेको छ । 
मृतकमध्ये दुई लाख पाँच हजार ६५ जना युरोपेली मुलुकका रहेका छन् । युरोपेली देशहरु कोरोनाभाइरसबाट धेरै प्रभावित भएका देशहरुमा पर्दछन् । त्यसैगरी दोस्रो धेरै प्रभावित क्षेत्र ल्याटिन अमेरिका हो । त्यस क्षेत्रमा पनि कोरोनाका कारण अहिलेसम्म एक लाख ६० हजार ७२६ जनाको मृत्यु भएको छ । 
देशअनुसार हेर्दा सवैभन्दा धेरै मानवीय क्षति अमेरिकामा भएको छ । पछिल्लो विवरण अनुसार अमेरिकामा मात्रै एक लाख ४० हजार १०३ जनाको मृत्यु भएको छ । त्यसैगरी दोस्रो धेरै मानवीय क्षति ब्यहोरेको ब्राजिलमा ७८ हजार ७७२ जनाको मृत्यु भएको छ भने तेस्रो धेरै मानिसको मृत्यु भएको बेलायतमा ४५ हजार २७३, मेक्सिकोमा ३८ हजार ८८८ र इटलीमा ३५ हजार ४२ जनाले जीवन गुमाएका छन् । 
अमेरिकामा सङ्क्रमितको सङ्ख्या ३७ लाख छ हजार ९२७ पुगेको छ भने ब्राजिलमा पछिल्लो २४ घण्टामा ९२१ जना सङ्क्रमित थपिएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी