काठमाडौँ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक २.०१ अंकले घटेर २६४१.८२ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३५० कम्पनीको १ करोड १९ लाख ३२ हजार ३५ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ५ अर्ब ५२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार रिलायन्स स्पिनिङ्स मिल्सको भएको छ । यस कम्पनीको १ अर्ब ३८ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागको छ ।
यता, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्