×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रोल्पा नगरका केही गाउँ सिल, बिदेशबाट आएका एक पुरुषले कोरोना फैलाएको आशंका

GLOBAL IME BANK

रोल्पा नगरका केही गाउँ सिल, बिदेशबाट आएका एक पुरुषले कोरोना फैलाएको आशंका

४ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
रोल्पा । रोल्पा नगरपालिकाका केही गाउँ सिल गरिएका छन् । दुई हप्ताअघि साउदीबाट गाउँ पुगेका रोल्पा नगरपालिका–४ गुरुङगाउँका २५ वर्षीय एक पुरुष कोरोनाको रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट निस्केर गाउँ पुगेपछि समुदायमा कोरोना फैलिएको आशंका गरिएको छ । उनको रिपोर्ट पोजेटिभ आएपछि रोल्पा नपा–४ गुरुङगाउँसहित १० नम्बर वडाका तीन वटा गाउँलाई आइतबार दिउँसो १२ बजेदेखि सिल गरिएको हो ।
ती व्यक्ति गुरुङगाउँमा रहेको सामुदायिक भवनको क्वारेन्टाइनमा बसेका थिए । उनीसँगै वडा नम्बर १० का १२ जनामा शनिबार कोरोना पुष्टि भएपछि आइतबार जिल्ला कोरोना संकट व्यवस्थापन समितिले ती गाउँ सिल गरेको हो । विदेशबाट आउँदा उता गरिएको पीसीआर रिपोर्ट देखाएर गाउँभरी डुलेका ती पुरुषमा कोरोना पुष्टि भएपछि उनको कण्ट्रयाक ट्रेसिङका लागि गाउँ नै सिल गर्नु परेको हो । यस्तै सोमबार बेलुका ६ बजेदेखि सदरमुकाम लिबाङ बजारलाई पनि पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अब सिल गरेर मात्र नहुने र ती व्यक्तिको सम्पर्कमा आएका सबैको स्वाब संकलन गरी तत्काल पीसीआर गर्नुपर्ने स्वास्थ्य प्रमुख केसीले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: