काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा काठमाडौंमा सम्पन्न सभाले विभिन्न प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो ।
सभाले हाल कायम सेयरधनीलाई ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यस्तै, आगामी चार वर्षका लागि नयाँ सञ्चालक समिति गठन गरिएको छ । शिवरतन शारडाको अध्यक्षतामा सुशिल गुप्ता र नन्दिनी मारु सञ्चालक सदस्य तथा चार्टर्ड एकाउन्टेन्ट प्रदीप राज उपाध्याय स्वतन्त्र सञ्चालक रहने गरी समिति गठन गरिएको कम्पनीले जनाएको छ ।
सभाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।
यसैगरी, कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन प्रक्रिया अघि बढाउने भएको छ । कम्पनीको जारी पुँजी ५ अर्ब ८० करोड रुपैयाँको २० प्रतिशत अर्थात् १ करोड १६ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गर्ने प्रस्ताव सभाले पारित गरेको हो ।
आईपीओ निष्कासनका लागि यसअघि नेपाल धितोपत्र बोर्डमा पेश गरिएको विवरणपत्रलाई संशोधन, परिमार्जन तथा अद्यावधिक गरी आवश्यक कागजातसहित पुनः पेश गर्ने निर्णयसमेत सभाले गरेको कम्पनीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्