
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ३० प्रतिशतभन्दा बढी नगद लाभांश वितरण गर्न नपाउने छन् । नियामक नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गर्ने मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई गत वर्षको नाफाबाट ३० प्रतिशतभन्दा बढी नगद लाभांश बाँड्न रोक लगाउने भएको हो ।
आज नेपाल टेलिभिजनमार्फत गभर्नर महा प्रसाद अधिकारीले दिउँसो ३ बजे मौद्रिक नीति सार्वजनिक गर्दैछन् । बिहीबार बेलुकासम्म सेयरधनीलाई नगद बाँड्न नदिने राष्ट्र बैंकको योजना थियो । तर शुक्रबार बिहान बसेको बैठकमा भने नगद लाभांश पूर्ण रूपमा रोक्न नहुने भन्दै सीमा तोकिएको हो । यता बोनस सेयरमा कुनै पनि रोक नलगाइएको गभर्नर अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै घोषणा गर्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्