×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१४ लाखको अवैध कपडा र विद्युतका सामान बरामद, कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइयो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

१४ लाखको अवैध कपडा र विद्युतका सामान बरामद, कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइयो !

Artha Sarokar

२ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कञ्चनपुर । प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भीमदत्तनगर बजार क्षेत्रबाट १४ लाखको अवैध कपडा र विद्युत्का सामान बरामद गरेको छ । भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा गए राति प्रहरीले कपडा र विद्युत्का सामान बरामद गरेको हो ।
म १ च ३२९ र म १ च ३२३ नम्बरका दुई वटा सवारीसाधनमा १४ लाख नौ हजार ९५० मूल्य बराबरको ल्याउँदै गरेको कपडा र विद्युत्का सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । भारतबाट भन्सार छलेर कपडा र विद्युत्को सामान ल्याउँदै गरेको विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोली सो सामान र सवारीसाधन बरामद गरेको उनले बताए ।
बरामद सामान, सवारीसाधन र चालकलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी