×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अजोड इन्स्योरेन्सको आईपीओ दिउँसो ३ बजे बाँडफाँड हुने, २ लाख ७३ हजारले १० कित्ता पाउने, बाँकीको हात खाली !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

अजोड इन्स्योरेन्सको आईपीओ दिउँसो ३ बजे बाँडफाँड हुने, २ लाख ७३ हजारले १० कित्ता पाउने, बाँकीको हात खाली !

Artha Sarokar

२ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ ।  अजोड इन्स्योरेन्सको आईपीओ आज (शुक्रबार) बाँडफाँड हुने भएको छ । कम्पनीको से यर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटले आज दिउँसो ३ बजे आईपीओ बाँडफाँड हुने जनाएको हो ।
कम्पनीको आइपिओको लागि कुल १ अर्ब ८१ करोड ६३ लाख ९९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । ५ लाख २ हजार २९८ जनाले १ करोड ८१ लाख ६३ हजार ९९० कित्ताका लागि आवेदन दिएका हुन् । जसमा ४ लाख ८४ हजार ४९८ जना योग्य आवेदकको संख्या रहेको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटले जनाएको छ । कम्पनी आइपीओ गोलाप्रथा प्रणालीबाट आइपीओ बाँडफाँट हुनेछ ।  जसमा २ लाख ७३ हजार जनाले मात्रै १० कित्ताका दरले सेयर पाउनेछन् भने बाँकी २ लाख ११ हजार ४९८ जनाको खाली हुनेछ।
आझोद्ले ३० करोड रुपैयाँ बराबरको आईपीओ असार २५ गते बिहिबारदेखि बिक्री खुला गरेको थियो । जसमा ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाइएको थियो । बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री खुल्लागरिएको थियो । 
आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्नेछ ।  जसमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर हिस्सा हुनेछ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी