काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स कम्पनीलाई प्राप्ति (एक्विजिसन) गर्ने सहमति भएसँगै नेपाली बैंकिङ क्षेत्रमा मर्जरको माहोल बनेको छ । नेपाली बैंकिङमा ‘मर्जरको माहोल’ धेरैपछि बनेको हो ।
मुक्तिनाथ विकास बैंकले सिन्धु र जानकीलाई प्राप्ति गर्ने समझदारी पत्रमा हस्ताक्षर समेत गरिसकेको छ ।
योसँगै यी कम्पनीहरुका आधारभूत सेयरधनीहरुको सेयर कारोबारसमेत रोक्का गरिएको छ । दुई कम्पनीलाई एकैपटक प्राप्ति गरेर विकास बैंकबाट वाणिज्य बैंक बन्न लागेको नयाँ बैंकको नाम मुक्तिनाथ बैंक हुनेछ ।
बैंकको सिइओ भने मुक्तिनाथ विकास बैंककै सिइओ तारा मानन्धर हुने सहमति भएको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति र नियामकीय प्रक्रिया पूरा भएपछि एकीकृत कारोबार सुरु हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्