Skip to content
LAXMI SUNRISE BANK

बाढी प्रभावित व्यवसायीहरुले भने- ‘ब्याज मिनाहा गरेर बैंकबाट लिइएको ऋण नवीकरण गरियोस्’

अर्थ सरोकार

काठमाडौँ । बाढी प्रभावित क्षेत्रका व्यवासायीहरुले ब्याज मिनाहा र ऋण नवीकरणको माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालसहितसँगको छलफलका क्रममा बाढी प्रभावित व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणको ब्याज मिनाहा गरेर ऋण नवीकरण गर्नुपर्ने माग गरेका हुन् । 

यस्तो माग गर्ने अधिकांश उद्योगी व्यवसायीले भोटेकोशी-त्रिशूली करिडोरमा उद्योग, व्यापार र व्यवसाय गर्दै आएका थिए ।

बाढीबाट साना तथा ठूला गरी १ हजार ८ सय बढी उद्योग-व्यवसाय पूर्ण रुपमा ध्वस्त भएका छन् । व्यवसायीहरुले उद्योगी-व्यवसायीका लागि तत्काल राहत तथा पुनरुत्थानका कार्यक्रम ल्याउनुपर्नेमा पनि जोड दिएका छन् । 

बाढीले क्षति पुर्याएका उद्योग व्यवसायहरु बैंकमार्फत ऋण लिएर लगानी गरिएका भएकाले थप समस्या परेको व्यवसायीहरुको गुनासो छ । 

उनीहरुले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण कम्तीमा तीन वर्षका लागि नवीकरणको व्यवस्था गर्न र बीमा दाबीको रकम भुक्तानी तत्काल गरिदिन पहल गर्न पनि माग गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK