- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । निजी विद्यालय सञ्चालकहरुले आजदेखि सबै सिकाइ क्रियाकलाप बन्द गर्ने निर्णय गरे पनि विद्यार्थीले रेडियो र टेलिभिजनबाट पढाईलाई निरन्तरता दिन पाउने भएका छन् । यसअघिदेखि नै रेडियो, टेलिभिजन तथा अनलाइनबाट पढाई सुरु गरेको सरकारले आजदेखि नयाँ तालिका सार्वजनिक गरेको छ । त्यही तालिका अनुसार विद्यार्थीले समय मिलाएर आफूलाई अनुकूल प्रविधिबाट पढ्न सक्ने शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक डाक्टर तुलसीप्रसाद थपलियाले बताउनुभयो ।हेर्नुहोस् समय तालिका :