
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल वायुसेवा निगमले करारमा रहेका एक सय ४५ जना कर्मचारीको नवीकरण नगर्ने भएको छ । असार मसान्तमा करार सम्झौता सकिएका १४५ जना करार कर्मचारीको सम्झौता नविकरण नगर्ने निर्णय भएको नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । आर्थिक भार कम गर्न असार मसान्तमा करार सकिएका प्रशासनतर्फका कर्मचारीको म्याद नथप्ने निर्णय गरेको निगम नेतृत्वले जनाएको छ ।
एयरलाइन्समा करीव १५ सय कर्मचारी कार्यरत छन् । ती मध्ये करिब १ हजार जना स्थायी र त्यसमध्ये ४ सय ५० हाराहारी कर्मचारी करारमा छन् । अतिआबश्यक क्षेत्रका कर्मचारीहरुको करार भने नविकरण गरिएका छ । अहिले कोभिड १९ का कारण निगमको आर्थिक अवस्था थप कमजोर बनेको लगायत कारण उनीहरूको करार नवीकरण नगरिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले गत वर्ष साउन २२ गते निगम सुधारसम्बन्धी सुझाव दिन हालका कार्यकारी निर्देशक तथा पूर्वपर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले पनि करारमा रहेका कर्मचारी हटाउन सुझाएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्