×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : धुलिखेलको चुच्चे ढुङ्गामा रमाउँदै युवतीहरु, बागलुङमा सडक कालोपत्रे नहुँदा सास्ती खेप्दै यात्रु !

PRIME CA

देश बोल्ने फोटो कथा : धुलिखेलको चुच्चे ढुङ्गामा रमाउँदै युवतीहरु, बागलुङमा सडक कालोपत्रे नहुँदा सास्ती खेप्दै यात्रु !

अर्थ सरोकार

१ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ?  यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका -­९ स्थित पर्यटकीय क्षेत्र चुच्चे ढुङ्गामा रमाइलो गर्दै आन्तरिक पर्यटकदेखि बागलुङ बजारदेखि घोडा बाँधे खण्डको काठेखोला गाउँपालिका–१ स्थित खहरेखोला नजिकै हिलोमा गुड्दै गरेको सवारी साधनसम्मका दृश्यको फोटो समाचार समेटेका छौं । 
हेरौं फोटो समाचार :
बागलुङ बजारदेखि घोडा बाँधे खण्डको काठेखोला गाउँपालिका–१ स्थित खहरेखोला नजिकै हिलोमा गुड्दै गरेको सवारी साधन । मध्यपहाडी पुष्पलाल लोकमार्गमा पर्ने यो सडकखण्डमा कालोपत्रे नहुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । 
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिका–१ शङ्करपुरस्थित अविरल वर्षाका कारण डुबानमा परेको घर । यहाँका पाँच घरपरिवार डुबानका कारण विस्थापित भएका छन् । 
काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका – ­९ स्थित पर्यटकीय क्षेत्र चुच्चे ढुङ्गामा रमाइलो गर्दै आन्तरिक पर्यटक । कोभिड­ १९ को कहरका बीच पनि यहाँ आन्तरिक पर्यटक पुग्ने गरेका छन् । 
पहिरोले भत्किएको म्याग्दीको धवलागिरि गाउपालिका–७ स्थित ताकम स्वास्थ्य चौकीको भवन । 
धनगढी उपमहानगरपालिका– ७ बेलीबाट बुधबार कटुवा पेस्तोलसहित पक्राउ परेका नेत्रविक्रम चन्द समूहका  केन्द्रीय सदस्य तथा सेती महाकाली व्युरो इन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी)सेती महाकाली व्युरो इन्चार्ज गौरा धामीलाई सार्वजनिक गर्दै कैलाली प्रहरी । प्रहरीले उनीहरुका साथबाट कटुवा पेस्तोल एक थान र एक राउण्ड गोलीसमेत बरामद गरेको छ ।
हरियाली धानले भरिएको पाल्पाको अन्नभण्डार मानिने माडीफाँट । 
इन्द्रचोकमा बुधबार पोते बुन्दै व्यवसायी । साउन महिनामा हिन्दु  महिलाले हरियो चुरा, पोते लागाउने गर्दछन् ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ७ शान्तिपुरस्थित खोलमा निर्माण कार्य पूरा नहुँदै भत्किएको कल्भर्ट । उपभोक्ता समितिद्वारा निर्माण गरिएको कल्भर्ट निर्माण कार्य पूरा नहुँदै भत्किएको छ । 
पोखरा महानगरपालिका–२३ मार्की÷मार्गी धर्मडाँडाका स्थानीयवासीले रु छ लाख सहयोग सङ्कलन गरेर निर्माण गरेको मौरे बगरदेखी हर्पन खोलासम्मको एक किमी लामो ग्रामीण कृषि सडक । बन्दाबन्दीका अवधिमा सो सडक निर्माण सम्पन्न गरिएको बताइन्छ । 
दोर्दी गाउँपालिका– ६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ आयोजनामा काम गर्दै कामदार । यस आयोजनामा यतिबेला धमाधम काम भइरहेको छ । 
पुतलीबजार नगरपालिका नगरप्रमुख सीमाकुमारी क्षत्री जमुना श्रेष्ठलाई अनुदान स्वरुप रु ५० हजारको चेक हस्तान्तरण गर्दै । नगरपालिकाले सञ्चालन गरेको स्वरोजगार कार्यक्रम अन्तर्गत सञ्चालति ब्युटी पार्लर तालीममा सहभागी भएर पुतलीबजार नगरपालिका– ३ बाडखोलामा ब्युटी पार्लर सञ्चालन गर्दै आएकी श्रेष्ठलाई स्वरोजगार बनाउने उद्देश्यले नगरपालिकाले आर्थिक सहयोग गर्दै आएको छ । 
म्याग्दीको रघुगङ्गा गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका २० जना सुत्केरी आमालाई अण्डा प्रदान गर्दै ।
हिजो मेलम्ची सुरुङमा ड्याम फुटेर बगाइएका दुई व्यक्तिको खोजी गर्दै प्रहरी । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: