×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बैंकका उच्च अधिकारीले नक्कली ऋणी खडा गरी ऋण अपचलन गरे, ऋणीलाई मौका नै नदिइ धितो लिलामी गरे…’

PRIME CA

‘बैंकका उच्च अधिकारीले नक्कली ऋणी खडा गरी ऋण अपचलन गरे, ऋणीलाई मौका नै नदिइ धितो लिलामी गरे…’

अर्थ सरोकार

३१ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले नक्कली ऋणी खडा गरी ऋण अपचलन गरेको चर्चा समय-समयमा बाहिर आउने गरेको छ । यसपाली महालेखाको प्रतिवेदनले यो चर्चा चर्चा मात्र नभई तथ्य भएको प्रमाणित गरिदिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले कानुनको धज्जी उडाएर आफुखुसी कर्जा दिने र ऋणको अपचलन गरेकोसमेत पुष्टी भएको छ ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन गर्दा समेत आफ्ना मान्छेहरुलाई वा आफु निकट संस्थाहरुबाट निक्षेप संकलन गर्दा प्रचलित दरभन्दा बढीको ब्याज दिएको समेत पाइएको छ ।
यता ऋणीलाई मौका नै नदिइ उनीहरुको धितो लिलाम गर्ने गरिएको समेत पाइएको छ । बैंक तथा वित्तीय संस्थाका उच्च अधिकारी आपसी मिलोमतोमा नै कृत्रिम ऋणी खडा गरी ऋण दिएको समेत महालेखाको प्रतिवेदनमा उल्लेख छ । ‘कतिपयमा व्यवस्थापकले प्रयोग गर्ने गरी कर्जा प्रवाह भएको देखिन्छ ।’ प्रतिवेदनमा भनिएको छ ।
खराब ऋणीलाई कारवाही गर्ने, असल ऋणीलाई उचित संरक्षण गर्ने तथा निश्चित प्रक्रिया र मापदण्ड पूरा गरेर मात्र कर्जा प्रदान गर्ने व्यवस्था कायम गर्न अनुगमनलाई थप प्रभावकारी बनाउन महालेखाले राष्ट्र बैंकलाई सुझाव समेत दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: