काठमाडौँ । पछिल्लो २ महिनामै बैंकहरुले ६० अर्ब ९७ करोड रुपैयाँ कर्जा विस्तार गरेका छन् । चालु आर्थिक वर्षको साउन र भदौ महिनामा मात्र २० वाणिज्य बैंकहरुले सो कर्जा विस्तार गरेका हुन् ।
योसँगै भदौ मसान्तसम्ममा बैंकहरुको कर्जा विस्तारको आकार बढेर ५३ खर्ब ५० अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । असार मसान्तसम्म बैंकहरुको कुल कर्जा लगानी ५२ खर्ब ८९ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा बैंकहरुको कर्जा लगानी १ अर्ब ७१ करोडले घटेको थियो । तर, भदौमा भने बैंकहरुले ६२ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी कर्जा लगानी गरेका छन् ।
यस अवधिमा सबैभन्दा धेरै कर्जा ग्लोबल आइएमई बैंकले गरेको छ । बैंकले यस अवधि (२ महिना)मा २० अर्ब १ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने दोस्रोमा एभरेष्ट बैंकले १२ अर्ब ८८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
लक्ष्मी सनराइज बैंकले १० अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गर्दा कुमारी बैंकले ७ अर्ब ६५ करोड, नबिल बैंकले ७ अर्ब ६ करोड, सिद्धार्थ बैंकले ४ अर्ब ८० करोड, माछापुच्छ्रे बैंकले ४ अर्ब ७४ करोड र एनएमबि बैंकले ४ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।
यता एनआईसी एशिया, सानिमा बैंक, प्रभु बैंक, प्रायम कमर्सियल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा लगानी भने घटेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्