- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप १ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणका कारण रौतहटको पर्रोहा नगरपालिका- ७ का ३६ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
अहिलेसम्म मत्यु हुनेको संख्या ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ११६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसंगै संक्रमितको कुल संख्या १७ हजार १७७ पुगेको छ । सोही अवधिमा ६९७ जना संक्रमणमुक्त भएका छन् ।