- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले योसहित काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ३६५ पुगको जानकारी दिए ।
काठमाडौं जिल्लामा सबैभन्दा बढी २४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मन्त्रालयका अनुसार ललितपुर जिल्लामा ७६ जनाका कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै भक्तपुर जिल्लामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज मात्रै देशभर ११६ जनामा संक्रमण पुष्टी भएको थियो ।