काठमाडौँ । सुनसरीमा कारोबार कार्यालय रहेको विराट एग्रो लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण संस्थागत परामर्श सेवा लिन एनआईसी एशिया क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ ।
एनआईसी एशिया क्यापिटलको “IDEA to IPO” सेवा अन्तर्गत विराट एग्रोलाई कम्पनी स्थापना चरणदेखि आईपीओ निष्कासनसम्म आवश्यक पर्ने सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउनेछ । सम्झौताअनुसार क्यापिटलले कम्पनीलाई प्रचलित कानुनबमोजिम सार्वजनिक सेयर निष्कासनको प्रक्रियामा आवश्यक सहजीकरण तथा परामर्श प्रदान गर्नेछ ।
नेपालको कृषि तथा एक्वाकल्चर क्षेत्रलाई व्यावसायिक, आधुनिक र दिगो ढाँचामा विकास गर्ने उद्देश्यसहित स्थापना भएको विराट एग्रोले मोरङ र सुनसरी जिल्लामा १०० हेक्टरभन्दा बढी जलाशय क्षेत्रफलमा करिब १५० वटा पोखरीमार्फत व्यावसायिक एकीकृत कृषि तथा मत्स्यपालन गर्दै आएको छ ।
कम्पनीले इटहरी–१३, खनार औद्योगिक क्षेत्रमा दैनिक २५ टन उत्पादन क्षमता भएको आधुनिक फिस फिड प्लान्ट सञ्चालन गरी विभिन्न प्रकारका तैरिने तथा डुब्ने माछाका दाना उत्पादन तथा बिक्री–वितरण गर्दै आएको जनाएको छ ।
कम्पनीले आगामी दिनमा उत्पादन क्षमता विस्तार, आधुनिक प्रशोधन प्रविधि तथा व्यावसायिक पूर्वाधार विकासमा आईपीओबाट प्राप्त पुँजी परिचालन गर्ने योजना बनाएको छ ।
विराट एग्रोले आधुनिक प्रविधिबाट पाङ्गास फिलेटिङ तथा फिस प्रोसेसिङ प्लान्ट स्थापना गर्ने, माछाजन्य उत्पादनको प्रशोधन, प्याकेजिङ तथा बजारीकरण गर्ने र हाल सञ्चालनमा रहेको Floating Fish Feed Plantका अतिरिक्त दैनिक १० टन क्षमताको Pellet Feed Plant स्थापना गर्ने लक्ष्य लिएको छ ।
कम्पनीले ‘Farm to Market’ अवधारणाअन्तर्गत आफ्नै फार्ममा माछा उत्पादनदेखि माछाको दाना उत्पादन, आधुनिक प्रशोधन तथा फिलेटिङ, कोल्ड स्टोरेज, प्याकेजिङ र बजार व्यवस्थापनसम्मका गतिविधिलाई एउटै एकीकृत व्यावसायिक प्रणालीमा विकास गर्ने योजना अघि बढाएको छ ।
यस विस्तार योजनाले नेपालको कृषि तथा एक्वाकल्चर क्षेत्रमा मूल्य अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापनमा योगदान पुर्याउने कम्पनीको अपेक्षा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्