काठमाडौँ । एनआईसी एशिया बैंकका ई-कमर्स पेमेन्ट गेटवे मर्चेन्ट ग्राहकहरुले अब नेपालमै पहिलो पटक एप्पल पे र गुगल पे अन्तर्गतका भिसा तथा मास्टर कार्ड प्रयोगकर्ता मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्ने भएका छन् ।
यस सुविधा अन्तर्गत डिजिटल भुक्तानी प्रणालीलाई थप आधुनिक, सहज र सुरक्षित बनाउने उद्देश्य सहित बैंकको साइबर सोर्स पेमेन्ट गेटवेमा आवद्ध भएका र हुन चाहने व्यवसायिक ग्राहकहरुले विश्वभर रहेका एप्पल पे तथा गुगल पे प्रयोगकर्ताबाट आफ्नो ई-कमर्स प्लेटफर्ममार्फत सहज र सुरक्षित रुपमा भुक्तानी स्वीकार गर्न सक्नेछन् ।
एप्पल पे र गुगल पे विश्वव्यापी रुपमा मान्यताप्राप्त मोबाइलमा आधारित भुक्तानी माध्यम हुन् । जसमा अन्तराष्ट्रिय ग्राहकहरुले भौतिक रुपमा कार्ड प्रयोग गर्नु पर्ने झन्झटलाई हटाइ आफ्नो कार्डको विवरणहरुलाई एप्पल र गुगल एन्ड्रोइड मोबाइलमा Tokenize गरेर सरल तरिकाबाट भुक्तानी गर्न सक्नेछन् ।
यस सुविधाको उपयोग गर्न विशेषगरी होटल, टुर्स एण्ड ट्राभल्स, ह्यान्डीक्राफ्ट, एयरलाइन्स, ई–कमर्स, आईटी क्षेत्र जस्ता मर्चेन्ट ग्राहकहरुले बैंकको ई–कमर्स पेमेन्ट गेटवे साइबरसोर्समा आवद्ध भई अन्तराष्ट्रिय ग्राहकहरुबाट एप्पल पे र गुगल पे मार्फत भुक्तानी लिन सक्नेछन् ।
यस सुविधाले नेपाली व्यवसायीहरुलाई अन्तराष्ट्रिय ग्राहकका लागि थप सहज र परिचित पेमेन्ट अनुभव सुविधा प्रदान गर्न सहयोग पुर्याउनेछ । विशेषगरी पर्यटन तथा आतिथ्य, यात्रा, ई-कमर्श, आईटी क्षेत्र, सामान निर्यात गर्ने व्यवसायी लगायत अन्तराष्ट्रिय ग्राहकबाट भुक्तानी प्राप्त गर्ने व्यवसायका लागि यसले अन्तरदेशीय व्यापार विस्तार गर्न तथा विदेशी मुद्रा आर्जनको सम्भावनालाई थप सहयोग पुर्यउने अपेक्षा गरिएको छ ।
नेपालमै पहिलो पटक शुरु भएको यस भुक्तानी सेवाले भुक्तानी सेवालाई थप सहज र सरल बनाउने, मर्चेन्ट ग्राहक महानुभावहरुको व्यवसायमा टेवा दिने, भुक्तानी सरल र सुरक्षित बनाउनुको साथै नेपालको पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक योगदान गर्दै देशको अर्थतन्त्र र अन्तरदेशीय भुक्तानीमा नयाँ आयाम थप्ने बैंकले विश्वास लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्