Skip to content
LAXMI SUNRISE BANK

२१ हजारको ल्युब आयल खरिद गरेका लालबाबुलाई १० लाखको ‘लट्री’ !

अर्थ सरोकार

काठमाडौँ । २१ हजारको ल्युब आयल खरिद गरेका लालबाबु साह कानुलाई १० लाख राशिको बम्पर उपहार परेको छ । सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत पर्साका कानुले १० लाखको बम्पर उपहार हात पारेका हुन् । 

असोज १ गतेदेखि १५ गतेसम्मको उपहार घोषणा कार्यक्रममा कानुले २१ हजारमा खरिद गरेको ल्युब आयलको बिल नै बम्पर उपहारमा छनोट भएको हो ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच असोज महिनाको पहिलो १५ दिनको करदाता प्रोत्साहन उपहार घोषणा गरिएको थियो । 

कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास, प्रतिनिधिसभा सदस्यद्वय गणेश कार्की र सन्तोष राजवंशी सहभागी थिए । १० लाखको बम्पर उपहार पाएका कानुलाई तत्कालै फोन गरेर आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मराज भुसालले बधाई दिएका थिए ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK