काठमाडौँ । गुणस्तरहीन प्रमाणित भइसकेको साई कृपा चिया बजारमा बिक्री भइरहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अखाद्य प्रमाणित गरेको साई कृपा चिया देशकै ठूलो स्टोर भाटभटेनी सुपरमार्केटमा निर्वाध बिक्री भइरहेको पाइएको हो ।
बजार अनुगमनका क्रममा ‘साई कृपा गोल्ड चिया’मा अखाद्य रसायन भेटिएपछि विभागले उक्त चिया बिक्री वितरण प्रतिबन्ध लगाएको थियो ।
विभागका अनुसार साई कृपा चिया उद्योगले उत्पादन गर्दै आएको साई कृपा गोल्ड चिया (१ हजार ग्राम) को ब्याच नम्बर ‘८३ डी ०५’ मा रसायन भेटिएको थियो ।
चियामा अखाद्य रसायन भेटिएपछि विभागले सो ब्याचसँगै उद्योगले उत्पादन गर्दै आएका सबै उत्पादन बिक्री वितरणमा रोक लगाएको थियो । यति मात्र होइन, विभागले उद्योगका उत्पादन बजारबाट तत्काल फिर्ता गर्न समेत आदेश दिएको थियो ।
तर, उद्योगले भने विभागको आदेश अटेर गर्दै बजारमा उत्पादन बिक्री गरिरहेको भेटिएको छ । दशैँको मौकामा कम्पनीले स्टक क्लियर गर्ने दाउमा अखाद्य चिया बेचिरहेको छ ।
कम्पनीले गरिरहेको यो हदसम्मको अटेरीपन र बिक्रेताले गरिरहेको लापरवाहीका कारण उपभोक्ताहरुको स्वास्थ्य जोखिममा परेको छ । अखाद्य प्रमाणित नै भइसकेको उत्पादन निर्वाध बिक्री हुनुले सरकारको अनुगमन र आदेशमाथि पनि प्रश्न उठाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्