काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले राजीनामा दिएका छन् । अर्को इन्स्योरेन्स कम्पनीमा जाने तयारी गरेका फुँयालले पदबाट राजीनामा दिएका हुन् ।
यद्यपि फुँयालले राजीनामाको कारण भने खुलाएका छैनन् । स्रोतका अनुसार उनले शुक्रबारदेखि नै लागू हुनेगरी राजीनामा दिएका छन् ।
उनी हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा जान लागेको बुझिएको छ । यद्यपि फुँयालले भने सो विषय खुलाएका छैनन् ।
तर, स्रोतका अनुसार हिमालयन लाइफ इन्स्योरेन्मा जाने निश्चितप्रायः भएपछि फुँयालले सन नेपाल लाइफ छोड्ने निर्णय गरेका हुन् ।
यसो त हिमालयनका सिइओ कपिल दाहालविरुद्ध फौजदारी अभियोगमा मुद्दा दायर भएपछि उनी निलम्बनमा परेका छन् । त्यसपछि कम्पनीले नयाँ सिइओ नियुक्तिका लागि आवेदन समेत माग गरेको थियो । तर, अदालतमा रिट निवेदन दर्ता भएपछि नियुक्तिको प्रक्रिया रोकिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्