×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरामा मास्क नलगाउने १ सय १० जना कारबाहीमा, अटेर गरेपछि तिराइयो १ सय रुपैयाँ जरिवाना !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पोखरामा मास्क नलगाउने १ सय १० जना कारबाहीमा, अटेर गरेपछि तिराइयो १ सय रुपैयाँ जरिवाना !

Artha Sarokar

३१ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । पोखरामा मास्क नलगाई हिँड्ने ११० जनालाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ । सम्झाई–बुझाई गर्दासमेत अटेर गरेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरी संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो।
एक सय १० जनालाई पक्राउ गरी १ सय रुपैयाँ जरिबाना तिराएर छाडिएको कास्की प्रहरीले जनाएको छ ।कारबाहीमा पर्नेमा ९५ पुरुष र १५ महिला छन्।  जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार सामाजिक दुरी कायम नगर्ने र मास्कको प्रयोग नगर्नेमाथि कारबाही गरिएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी