Skip to content
LAXMI SUNRISE BANK

वित्तीय संकटतर्फ नेपाल वायुसेवा निगम, सरकारबाटै पौने १४ करोड उठाउन बाँकी !

अर्थ सरोकार

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) वित्तीय संकटमा परेको छ । ऋण र उठ्न बाँकी बक्यौता नउठ्दा नेपाल एयरलाइन्स वित्तीय संकटमा परेको हो । 

हाल निगमले कर्मचारी सञ्चय कोषबाट लिएको ऋणमा ९.२५ प्रतिशत र नागरिक लगानी कोषबाट लिएको ऋणमा १०.५ प्रतिशत ब्याज तिर्दै आएको छ । 

त्यस्तै, निगमले सरकारबाट १३ करोड ७५ लाख रुपैयाँ बक्यौता उठाउनै बाँकी छ । सो रकम राष्ट्र प्रमुखको विदेश भ्रमण, कोभिडकालीन उद्धार र विभिन्न रेस्क्यु उडानबापतको बक्यौता हो ।

अर्कोतर्फ नेपाल एयरलाइन्सले निजी बैंकहरुबाट सस्तो ब्याजदरमा ऋण लिने प्रस्ताव पाए पनि सञ्चय कोषको ऋण नतिरेसम्म नमिल्ने भएपछि निगम थप मर्कामा परेको छ । महँगो ब्याजदर र उठाउन बाँकी बक्यौताका कारण निगम वित्तीय संकटमा परेको निगमका अधिकारीहरुले बताएका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK