Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँमा ग्यास साट्ने केन्द्र थपियो, अब ११ ठाउँबाट फरक कम्पनीको सिलिन्डर पनि साट्न पाइने !

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँमा ११ स्थानबाट खाना पकाउने एलपी ग्यास वितरण सुरु गरिएको छ । यसअघि ६ स्थानबाट वितरण गरिँदै आएको ग्यास अब भने ११ स्थानबाट वितरण गर्न सुरु गरिएको हो । 

दशैँका बेला ग्यास अभाव नहोस् भन्नका लागि थप ११ स्थानबाट पनि ग्यास वितरण सुरु गरिएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ । 

संघका अनुसार ग्यास वितरणका लागि काठमाडौँको बूढानीलकण्ठमा भानु, ललितपुरको हरिसिद्धिमा नेपाल र एचपी, कलंकीमा गीता, खसीबजारस्थित आरके ट्रेडर्समा सीताश्री र सतुङ्गलबाट श्रीमाया ग्यास साट्ने व्यवस्था मिलाइएको छ । 

यसअघि ललितपुरको हरिसिद्धिमा श्रीराम, काठमाडौँको कलंकीमा साइबाबा र श्रीकृष्ण तथा सुकेधारामा बाबा र श्री ग्यास, बालाजु औद्योगिक क्षेत्रको गेटअगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी, पेप्सीकोलामा सगर तथा सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्सबाट एभरेस्ट र सुगम ग्यास सटही गरिँदै आएको थियो । 

ग्यास साटेबापत उपभोक्ताले अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । दशैँमा ग्यास अभाव सहज गर्न नेपाल आयल निगमको समन्वय र ग्यास बिक्रेता महासंघको सहकार्यमा वितरण केन्द्र थप गरिएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK