Skip to content
LAXMI SUNRISE BANK

विदेश पठाउने भन्दै ८० लाख ठग्ने ४ जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । विदेश पठाउने भन्दै लाखौँ ठग्ने ४ जना पक्राउ परेका छन् । आकर्षक तलबको लोभ देखाएर विभिन्न देश पठाउने भन्दै ८० लाख रुपैयाँ ठगी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा बागलुङका दीपक श्रीपाली, ललितपुरकी नेहा अधिकारी, पाँचथरका सुमन योङहाङ र चन्द्रागिरीकी सुस्मिता नेपाली रहेका छन् । 

पक्राउ परेकामध्ये दीपकले टर्की पठाइदिन्छु भन्दै १ जनाबाट २ लाख ४८ हजार, नेहाले बेलायत पठाउने भन्दै २ जनाबाट ६७ लाख, सुमनले कोरिया पठाउने भन्दै २ जनाबाट ६ लाख र सुस्मिताले बेलायत पठाउने भन्दै १ जनाबाट ५ लाख ठगी गरेको प्रहरीले जनाएको छ । 

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टोलीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका ४ जनालाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK