Skip to content
LAXMI SUNRISE BANK

एनसेलका ग्राहकलाई सामसङका घरायसी उपकरण खरिदमा १२ प्रतिशतसम्म अतिरिक्त छुट

अर्थ सरोकार

काठमाडौँ । एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै आफ्ना ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरण खरिदमा १२ प्रतिशतसम्म अतिरिक्त छुट दिने भएको छ । यस योजनाअन्तर्गत ग्राहकले टेलिभिजन, फ्रिज, वासिङ मेसिनलगायतका उपकरण खरिद गर्दा विशेष छुट पाउनेछन् ।

चाडपर्वको अवसरमा सामसङले उपलब्ध गराउँदै आएको छुटमा एनसेलका ग्राहकले थप १२ प्रतिशतसम्म छुट पाउनेछन् । यसबाट ग्राहकले कुल ३१ प्रतिशतसम्म बचत गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकले पाउने अतिरिक्त छुट ५, ८ वा १२ प्रतिशत हुने र यो उनीहरूले लिएको प्याक वा रेन्टल प्याकमा निर्भर रहनेछ ।

एनसेलका प्रोडक्ट डाइरेक्टर ललित शारदा र सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङको उपस्थितिमा उक्त सहकार्यलाई औपचारिक रूप दिइएको हो ।

यो अफर असोज २२ देखि कात्तिक ३० गतेसम्म लागू हुनेछ । दसैँ, तिहार र छठलाई लक्षित गरी ल्याइएको यस योजनामा सहभागी हुन ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ सेक्सनमा गएर आफ्नो योग्यता जाँच गर्नुपर्नेछ। त्यसपछि नेपालभरिका सहभागी सामसङका आधिकारिक बिक्री केन्द्रबाट छुटसहित उपकरण खरिद गर्न सकिनेछ ।

एनसेलका प्रोडक्ट डाइरेक्टर शारदाले ग्राहकलाई कनेक्टिभिटी सेवासँगै थप लाभ प्रदान गर्ने उद्देश्यले सामसङसँग सहकार्य गरिएको बताए । यस सहकार्यले ग्राहकलाई विश्वासिलो ब्रान्डका घरायसी उपकरण खरिदमा थप बचत गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

एनसेलको देशव्यापी ग्राहक पहुँच र डिजिटल प्लेटफर्मलाई सामसङका उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादन तथा आधिकारिक बिक्री सञ्जालसँग जोडेर ग्राहकको खरिद अनुभवलाई सहज र लाभदायी बनाउने लक्ष्य राखिएको दुवै कम्पनीले जनाएका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK