काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले फेरि अन्तिम १५ मिनेटको भारित औसत मूल्यका आधारमा सूचकाङ्क गणना गर्ने प्रणाली फेरि लागू गर्ने तयारी गरेको छ । त्यसका लागि नेप्सेले आफ्नो सिस्टम पूर्ण रुपमा तयार रहेको जनाएको छ ।
यसो त लगानीकर्ताले व्यापक विरोध गरेपछि १५ मिनेटको व्यवस्था हटाइएको थियो । तर, नेपाल धितोपत्र बोर्डले अन्तिम १५ मिनेटको कारोबारलाई आधार मानेर सूचकाङ्क गणना गर्ने प्रणाली लागू गर्न सकिने वा नसकिने सम्भाव्यता अध्ययन गर्न भनेपछि नेप्सेले पुनः सो व्यवस्था लागू गर्ने तयारी गरेको छ ।
१५ मिनेटको व्यवस्था लागू गर्न आफ्नो सिस्टम अब पूर्ण रुपमा तयार रहेको जानकारी नेप्सेले बोर्डलाई गराइसकेको छ । सो जानकारीसहित बोर्डमा औपचारिक पत्रसमेत पठाइसकिएको नेप्सेका एक अधिकारीले पुष्टि गरे ।
ती अधिकारीले १५ मिनेटको व्यवस्थासँगै १५ प्रतिशतसम्मको सर्किट ब्रेकरको व्यवस्थासमेत पुनरावलोकन गर्न सकिने जानकारी नेप्सेले बोर्डलाई दिएको छ ।
बोर्डबाट व्यवस्था कार्यान्वयनका लागि औपचारिक सहमति आए अन्तिम १५ मिनेटको भारित औसत मूल्यका आधारमा सूचकाङ्क गणना गर्ने प्रणाली लागू गरिने र १५ प्रतिशतसम्मको सर्किट ब्रेकर पनि पुनरावलोकन गरिने बताइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्